arrow

चौधरी ग्रुपको सीजी फुड्स पार्कमा दुर्गा प्रसाईं समूहको आक्रमण, २४ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
cg-chaudhary-group-logo.jpg

काठमाडौँ । चौधरी ग्रुपले सीजी फुड्स पार्क भैंसेपाटीमा आक्रमण भएको छ । सीजीले शुक्रबार दिउँसो अज्ञात समूहले आक्रमण गरेको जनाएको छ । 

प्रेस विज्ञप्ति जारी गरी सीजीले दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत पुरुष र महिला कर्मचारीमाथि पनि हातपात गर्नुका साथै भौतिक सम्पत्तिमाथि तोडफोड गरेको जनाएको छ । 

फुड्स पार्कमा आउना साथ उनीहरुले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउँदै चौधरी ग्रुपका व्यवस्थापकहरुमाथि अभद्र एवं असभ्य व्यवहारहरु प्रदर्शन गरेको सीजीले जनाएको छ । 

उनीहरुलाई भैंसेपाटी प्रहरी प्रभागले गिरफ्तार गरेको छ । प्रभाग स्रोतका अनुसार चाउचाउको विषयलाई लिएर मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले सीजीमा आक्रमण गर्न खोजेको थियो । 

बसमा सवार १७ महिला र ५ पुरुष तथा चालक–सहचालक गरी २४ जनालाई नियन्त्रणमा लिएर ललितपुर प्रहरी परिसर जावलाखेलमा पठाइएको छ । बस भने भैंसेपाटी प्रभागले नियन्त्रणमा लिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ