arrow

२४ वर्षपछि फ्रान्सेली राष्ट्रपति जर्मनीको राजकीय भ्रमणमा जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
macron-france.jpg

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले मेमा जर्मनीको राजकीय भ्रमण गर्ने जर्मन राष्ट्रपति फ्रेङ्क–वाल्टर स्टिनमियरले बिहीबार बताएका छन् । 

कुनै पनि फ्रान्सेली राष्ट्रपतिको २४ वर्षमा यो पहिलो जर्मन भ्रमण हुनेछ । 

राजकीय भ्रमण मुलतः गत जुलाईमा निर्धारित थियो तर फ्रान्समा दङ्गाका कारण उक्त भ्रमण स्थगित गरिएको थियो । 

म्याक्रोँले जर्मन चान्सलर ओलाफ सोल्ससँग वार्तालापका लागि बर्लिनको नियमित भ्रमण गरेपनि राजकीय भ्रमणलाई उच्च प्रोटोकलस्तरमा नियन्त्रित गरिन्छ र यसमा प्राय धेरै धुमधाम र समारोह समावेश हुन्छ ।

 यस्तो भ्रमणको निमन्त्रणा मुलुकको सेवारत प्रमुखले मात्र दिन सक्छ । जर्मन राष्ट्रपति स्टिनमियरले मे २६ मा बर्लिनमा आफ्नो आधिकारिक निवास स्क्लोस बेलेभ्युमा म्याक्रोँलाई स्वागत गर्नुर्नेछन् । 

बर्लिनमा फ्रान्सेली नेता म्याक्रोँ युद्धोपरान्त पश्चिमी जर्मनीको स्थापना र पूर्वी जर्मनीमा कम्युनिस्ट शासनको अन्त्यको उपलक्ष्यमा आयोजित स्मरणोत्सव समारोहमा सहभागी हुनेछन् । 

दुवै नेताले पूर्वी जर्मन सहर ड्रेसडेन र पश्चिममा म्युएनस्टरको पनि भ्रमण गर्नेछन् । त्यहाँ उनीहरूले मुलुकले प्राविधिक आविष्कार वा सुरक्षामा सहयोग गर्ने साइटहरूको भ्रमण गर्नेछन् । 

“दुवै राष्ट्रपतिले तीन दिवसीय भ्रमणका क्रममा सबै स्टपमा युरोपेली एकीकरणको खुशियाली मनाउनु हुनेछ”, जर्मन राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ । म्याक्रोँको तीन दिवसीय भ्रमण सन् २००० पछि जर्मनीमा कुनै पनि फ्रान्सेली राष्ट्रपतिको पहिलो राजकीय भ्रमण हुनेछ । सन् २००० मा फ्रान्सका तत्कालीन राष्ट्रपति ज्याक सिराकले जर्मनीको राजकीय भ्रमण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ