arrow

एक देशले रोप्यो मरुभूमिकरणबाट बच्न करोडौँ बिरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
tree-planting-1.jpg

काठमाडौँ । मङ्गोलियाले २०२१ मा राष्ट्रिय रुख रोपण अभियान शुरु गरेदेखि हालसम्म देशभर ४ करोड २० लाख रूख रोपेको छ । कम्तीमा ६ करोड ३० लाख बिरुवाहरू हालसम्म भण्डार गरिएको छ । 

यसले आगामी राष्ट्रिय वृक्षारोपण दिवसमा सक्रिय रूपमा सहभागी हुन जनतालाई आग्रह गरेको छ । भूपरिवेष्ठित देश मंगोलियामा मे ११ मा देशको सबैभन्दा ठुलो वृक्षारोपण र प्रकृति हेरचाह कार्यक्रम अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

अक्टोबर २०२१ मा मङ्गोलियाले राष्ट्रव्यापी रूख रोपण अभियान बिलियन ट्री शुरु गरेको थियो । देशका राष्ट्रपति उख्ना खुरेलसुखले संयुक्त राष्ट्र महासभालाई अभियानले मरुभूमि करणसँग लड्न २०३० सम्ममा कम्तीमा एक अर्ब रूख रोप्ने लक्ष्य राखेको छ ।

 हालका वर्षहरूमा मङ्गोलियामा पहेँलो धुलोको आँधीको बढ्दो आवृत्तिको पछाडि जलवायु परिवर्तनसँग सम्बन्धित मरुभूमिकरण मुख्य कारक रहेको छ । 

मरुभूमिकरण र भूमि क्षयले पहिले नै मङ्गोलियाको कुल क्षेत्रको ७७ प्रतिशतलाई असर गरिसकेको छ । त्यसको ११.८९ प्रतिशत वनले ढाकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ