arrow

दोलखाका एमाले नेता विदुर शर्माविरुद्ध बलात्कारको उजुरी दर्ता

जागिर दिने प्रलोभन दिएर ठमेलको होटेलमा लगी बलात्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
bidhur-sharama-uml-dolakha.jpg

काठमाडौं। जागिरको प्रलोभन दिएर बलात्कार गरेको भन्दै दोलखाकाको विदुर शर्माविरुद्ध प्रहरीमा उजुरी परेको छ। दोलखा जिल्ला घर भई हाल भक्तपुरको बालकोट बस्ने वर्ष ४५ शर्माविरुद्ध दरबारमार्ग प्रहरी वृत्तमा विहिबार उजुरी परेको हो। 

‘जागिरको विषयमा कुरा गर्नुछ भनेर सुन्धराको एक रेष्टुरेण्टमा खाना खुवाई ठमेलस्थित एक होटलमा मदिरापान गराएर बलात्कार गरेको उजुरी परेको छ’, दरवारमार्ग प्रहरी वृत्तका एक अधिकृतले भने। 

ती अधिकृतका अनुसार शर्माले शुरुमा पीडित किशोरीलाई आज सँगै खाना खाने भनेर काठमाडौंको सुन्धारास्थित रेस्टुरेन्टमा लगेका थिए। त्यसपछि जागिर लगाइदिने भन्दै ठमेलस्थित एक होटलमा पुर्याएर मदिरापान गराएपछि बलात्कार गरेका थिए। 

पीडित किशोरीको स्वास्थ्य परीक्षण समेत गराउन पठाएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको ती प्रहरी अधिकृतले जानकारी दिए। शर्माले ठमेल स्थित बिश्वनाथ होटलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीको जाहेरीमा उल्लेख छ। 

बुधबार दिँउसो शर्माले आफ्नै गाडीमा १९ वर्षीय युवतीलाई चढाएर रेष्टुरेण्ट र होटल लगेका थिए। ती किशोरीलाई राम्रो ठाउँमा जागिर लगाइदिन्छु भन्दै शर्माले सुन्धाराबाट गाडी चढाएर ठमेलस्थित उक्त होटल लगेको प्रहरीले जनाएको छ। होटलको कोठामा पुर्‍याएपछि शर्माले युवतीलाई ‘आर्कषक जागिरको प्रलोभन दिदै वियर खुवाएका रहेछन, मदिरामा मस्त भएपछि बलात्कार गरेछन्’, अनुसन्धानमा खटिएका प्रहरीले भने। 

किशोरी बलात्कृत भएको सूचना पाएलगत्तै प्रहरीले सो होटलमा पुगेर घटनाको विवरण लिएको थियो। प्रहरीमा उजुरी परेपछि शर्मा भने फरार रहेका छन्। दरवारमार्ग प्रहरीले उनको खोजी गरिरहेको छ। 

सिसी टिभी फूटेजमा पनि ती युवतीलाई होटलमा लगेको देखिएको प्रहरीले जनाएको छ। ‘जागिरको कुरा गराउछु भनेर गाडीमा राख्यो त्यसपछि होटलको कोठमा पुर्याइएको थियो’, उजुरी दिने क्रममा ती पीडित युवतीले प्रहरीलाई भनेकी छिन्। 

उनीहरुबीच केही महिना अघि मात्रै सामान्य चिनजान भएको थियो।

दोलखा एमालेका नेता शर्मा मिटर ब्याज काण्डमा पनि विवादमा मुछिएका थिए। एमाले भित्र पनि विवादित छविका शर्मा हालै सम्पन्न एमाले दोलखाको अधिवेशनमा उपसचिवमा पराजित भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ