arrow

काठमाडौँ आउँदै जापानी विदेशमन्त्री योको 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
khamikhawa-yoko-japan-foreign-minister.jpg

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने भएकी छिन् । परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्री खामिखावा आगामी बैशाख २३ काठमाडौँ आइपुग्ने जानकारी दिएको छ ।

विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्रले जानकरी दिएको छ । उनले सोहि दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो ।  विदेशमन्त्री खामिखावा सोही दिन भ्रमण पूरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ