arrow

दमकमा १२ को परीक्षा दिएर निस्किएकी एरिकामाथि गोली प्रहार 

logo
युवराज रेग्मी, 
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
erica-bullet-fire-81.jpg

झापा । झापाको दमक नगरपालिकामा अवस्थित हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कने क्रममा एक परीक्षार्थीमाथि गोली प्रहार भएको छ ।

कक्षा १२ को बोर्ड परीक्षा दिएर फर्कदै गरेकी एरिका अधिकारीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्ने अधिकारीलाई सिराहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

हाल घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । गोली हान्नुपर्ने कारण अहिलेसम्म खुलेको छैन । 

शुक्रबार बिहान करिब११ः३० बजेको समयमा गोली प्रहार भएको हो । परीक्षा दिएर आफ्नो कोठातर्फ फर्कदै गरेकी अधिकारीमाथि दमक ५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो । 

उनको पेटमा एक राउन्ड गोली लागेको इलाका प्रहरी कार्यालय दमकले  जनाएको छ। हाल चिकित्सकले उनको पेटबाट एउटा गोली निकालिसकेको र  उनको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ । गोली प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । 

यता गोली चलेको विषयमा बुझ्न प्रहरी टोली अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । ‘अहिले घटनाको विस्तृत विवरण आइसकेको छैन । प्रहरीले घटना बुझ्दैछ’, एसपी केसीले भने ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ