arrow

टी–२० विश्वकप खेल्ने टिमको बिदाइ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
farewell-nepalt20.jpg

काठमाडौँ । टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । शुक्रबार नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकप खेल्न जाने टोलीका लागि होटल सोल्टीमा बिदाइ कार्यक्रमको आयोजना गरेको हो ।

आगामी जुन २ तारिख (जेठ २० गतेदेखि) अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा हुने विश्वकप खेल्ने टोलीको बिदाइ गरिएको हो । 

सो बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारीहरु, क्यानका पूर्व पदाधिकारीहरु तथा खेलाडीहरुको सहभागीता रहेको थियो । 

कार्यक्रममा राष्ट्रिय टिमका पूर्व खेलाडीहरूसँगै बलात्कारका दोषी पूर्व राष्ट्रिय खेलाडी सन्दीप लामिछाने पनि पुगेका थिए । 

रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा आरिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कलम सिंह ऐरी रहेका छन् । 

नेपाल समूह डीमा रहेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेका छन् । 

नेपालले जुन ४ तारिख (जेठ २२ गते राति ९ः१५ बजे) नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्नेछ । १२ जुन (बैशाख ३० गते बिहान ५ः१५ बजे) श्रीलंकासँग, १५ जुन (असार १ गते बिहान ५ः१५ बजे) दक्षिण अफ्रिकासँग र १७ जुन (असार ३ गते बिहान ५ः१५ बजे) बंगलादेशसँग खेल्नेछ । 

नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्न गइरहेको हो । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा पहिलो पटक नेपालले सहभागिता जनाएको थियो । 

farewell-nepal-t20-81-01-21 (1).jpg
farewell-nepal-t20-81-01-21 (2).jpg
farewell-nepal-t20-81-01-21 (3).jpg
farewell-nepal-t20-81-01-21 (4).jpg
farewell-nepal-t20-81-01-21 (5).jpg
farewell-nepal-t20-81-01-21 (6).jpg
farewell-nepal-t20-81-01-21 (7).jpg
farewell-nepal-t20-81-01-21 (8).jpg
farewell-nepal-t20-81-01-21 (9).jpg
farewell-nepal-t20-81-01-21 (10).jpg
farewell-nepal-t20-81-01-21 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ